ad ad

राजनीति


अधिवक्ता उप्रेतीको तर्क : आईजीपी नियुक्तिमा जेष्ठताबाहेक अन्य मापदण्ड मन्त्र जपेजस्ता भए

अधिवक्ता उप्रेतीको तर्क : आईजीपी नियुक्तिमा जेष्ठताबाहेक अन्य मापदण्ड मन्त्र जपेजस्ता भए

नेपालखबर
असार ५, २०७९ आइतबार १२:५३, काठमाडौँ

नेपाल प्रहरीमा आईजीपी बढुवाविरुद्धको रिटमा आइतवार सर्वोच्च अदालतमा बहस जारी छ। 

हेर्दा हेर्दैमा राखिएको मुद्दामा आइतवार रिट निवेदक एआईजी विश्वराज पोखरेलका तर्फबाट अधिवक्ता पूर्णमान शाक्य र राधेश्याम अधिकारीले बहस गरिसकेका छन्। 

त्यसपछि बहसमा आएका अधिवक्ता हरि उप्रेतीले आईजीपी धीरजप्रताप सिंह छोटो समयमै असफल भइसकेको बताएका छन्। 

'धीरजप्रतापले यसअघि देखाउन लायक एउटा कुनै काम गरेका छैनन्। त्यही भएर उनले आईजी भएको १२ दिनपछि भएको स्थानीय तह निर्वाचन सुरक्षामा गरेको काम लिखित जवाफमा पेश गरेका हुन्', उनले भने, 'उनले आफ्नो क्षमता चुनावमा खेलेको भूमिकाले पुष्टि गर्छ।'

विश्वराजले १७ महिनामा गर्न नसकेको त्यस्तो कुनै काम धीरजले एक महिनामा गर्न नसकेको पनि उनले बताए। 'उनले के गरे त्यस्तो? विश्वले १७ महिनामा गर्न नसकेको एक महिनामा', उनले भने, 'त्यस्तो छ भने अहिले आईजीको लाइनमा भएकाले पनि बुझ्न पर्छ के गर्दा आईजीपी भइने रहेछ भनेर।'

धीरजमा तल्लो तहका अधिकृत र जवानहरूलाई प्रोत्साहन गर्ने क्षमता पनि नदेखिएको उनले बताए। 'तल्लो तहलाई प्रोत्साहन गर्न सक्ने पनि देखिएन विश्वराजलाई हाजिर भइनस् भने कारबाही गर्छु भन्नुभयो', 'दर्ज्यानी चिह्न लगाएपछि अब सबै सकियो भन्ने देखियो, यसो हुन सक्दैन, सरकारको निर्णय सर्वोच्चले बदर गर्न सक्छ।'

उप्रेतीले आईजीपी नियुक्तिका मापदण्डमध्ये जेष्ठताबाहेकका अन्य ५ वटा मन्त्र जपेजस्ता मात्रै भएका भन्दै कटाक्ष गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .