राजनीति


प्रचण्ड भन्छन् : एसपीपीको सम्झौता ओलीकै पालामा भएको हो, अहिलेको प्रचार झुटो

प्रचण्ड भन्छन् : एसपीपीको सम्झौता ओलीकै पालामा भएको हो, अहिलेको प्रचार झुटो

फाइल तस्बिर


नेपालखबर
असार २, २०७९ बिहिबार १०:१३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सेना वा सरकारसँग एसपीपीसम्बन्धी कुनै सम्झौता नभएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन्। 

पेरिसडाँडामा ओयोजित दोलखा जिल्लाका शहीद रित बहादुर खड्काको २१ औं स्मृति सभामा बोल्दै प्रचण्डले कुनै सम्झौता नभएको दाबी गरे। 

‘अहिले फेरि एकपटक कुनै न कुनै राष्ट्रवादको झुटो र पाखण्डी प्रचार गर्ने विगतमा देखेको हो,’ प्रचण्डले भने, ‘हिजोआज पनि एसपीपी भन्ने हुँदै छ रे भनेर प्रचार गरिएको छ। विल्कुल झुटो हो।’

प्रधानमन्त्रीसँग र गठबन्धनमा भएको छलफलमा कुनै सैन्य सम्झौता नभएको प्रचण्डको जिकिर छ। ‘यहीँबाट घोषणा गर्न चाहन्छु’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले कुनै हालमा त्यसमा जान्न भन्नुभएको छ।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारले २०१९ सालमा उक्त सम्झौता गरेको तथ्य रहेको दाबी गरे। ‘बरु, यो एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम २०१९ सालमा केपी ओली सरकारले गरिसकेको तथ्य इतिहासमा छ’ प्रचण्डको दाबी छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad