ad ad

राजनीति


नेपाली सेनाले गर्यो एसपीपीको ‘च्याप्टर क्लोज’

नेपाली सेनाले गर्यो एसपीपीको ‘च्याप्टर क्लोज’

नेपालखबर
असार १, २०७९ बुधबार २१:२७, काठमाडौँ

नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग एसपीपीसम्बन्धी सम्झौता गर्ने कुनै प्रक्रिया शुरु नगरेको  र नेपालको असंलग्न परराष्ट्र नीतिमा प्रतिकुल असर पर्नेगरी  भविष्यमा पनि कसैसँग सैनिक साझेदारी नगर्ने प्रतिवद्धता जनाएको छ।

अमेरिकी दूतावासका अधिकारीहरुले एसपीपी सम्झौताका लागि नेपाली सेना आफैंले आग्रह गरेको बताइरहेका बेला नेपाली सेनाले एसपीपीबारे  त्यस्तो कुनै प्रक्रिया अघि नबढेको र नबढ्ने बुधबार एक विज्ञप्तिमार्फत स्पष्ट पारेको हो।

नेपाली सेनाद्वारा बुधबार साँझ जारी विज्ञप्तिमा भनिएको छ, एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया पनि नभएको जानकारी गराइन्छ।’

नेपाली सेनाले यस्तो सम्झौता भविष्यमा पनि नगरिने स्पष्ट पार्दै उसले यसको च्याप्टर नै बन्द गरिदिएको छ।

यस्तो छ ‘अमेरिकी सेना भित्र्याउने’ १० बुँदे प्रस्तावित सम्झौता

नेपाली सेनाले विज्ञप्तिमा भनेको छ, ‘नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू–राजनीतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकूल असर पर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैब प्रष्ट र सचेत रहेको व्यहोरा सम्पूर्ण जनमानस तथा सञ्चार जगतलाई जानकारी गराइन्छ।’


यो पनि- अमेरिकी दूतावासको दाबी : एसपीपीमा दबाव दिएका छैनौं, नेपाली सेनाले नै पहिला प्रस्ताव राखेको हो

नेपाली सेनाको विज्ञप्ति–

   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .