ad ad

राजनीति


गोपाल हमालको साथले जिसस कैलालीमा सत्तारुढ गठबन्धन विजयी

गोपाल हमालको साथले जिसस कैलालीमा सत्तारुढ गठबन्धन विजयी

गोकुल जोशी
जेठ ३०, २०७९ सोमबार १४:५७, कञ्चनपुर

सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलालीको जिल्ला समन्वय समिति (जिसस) मा सत्तारुढ गठबन्धन विजयी भएको छ। 
 

जिसस कैलाली प्रमुखमा कांग्रेसका पदमबहादुर कलेल र उपप्रमुखमा माओवादीका खगराज भुसाल विजयी भएका हुन्।

निर्णायक मानिएका स्वतन्त्रबाट विजयी धनगढी उपमहानगरपालिकामा मेयर गोपाल हमालको साथले सत्ता गठबन्धन जिससमा विजयी भएको हो।

प्रमुख र उपप्रमुखमा गठबन्धनले १३ मत पाएको थियो। 

१३ स्थानीय तह रहेको कैलालीको जिससमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी र नेकपा एमालेले गठबन्धन गरेका थिए। प्रमुखमा नागरिक उन्मुक्तिका इन्द्र चौधरी र उपप्रमुखमा एमालेका राजेन्द्र खनालले १२ मत पाएका छन्। 

सत्तागठबन्धन इतर रहेको एमाले र नागरिक उन्मुक्ति पार्टीबीचको गठबन्धनसँग १२ मत थियो। यस्तै, सत्तारुढ गठबन्धनको पनि समान १२ मत थियो। 

मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय विरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले उनी जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी हुन पाएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .