कांग्रेसको गढ मानिने पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेकपाका उम्मेदवार वीरबहादुर कुरुम्बाङ विजयी भएका छन्।
कुरुम्बाङले निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवारलाई ८०६ मतान्तरले पराजित गरेका हुन्।
गएराति सकिएको मतगणनाको परिणामानुसार कुरुम्बाङले पाँच हजार तीन सय ६९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका वृजहाङ आङ्देम्बेले चार हजार ५६३ मत प्राप्त गरेका छन्।
कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको निधनपछि त्यहाँ उपनिर्वाचन भएको हो।
अहिले गाउँपालिकाको अध्यक्षमा निर्वाचित कुरुम्बाङ ०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालिन एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए।
मतपरिणामअनुसार समाजवादी पार्टीकी विमला आङ्देम्बेले ३२०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितेन चेम्जोङले २४०, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुसुहाङ चेम्जोङले २८, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का मोतीप्रसाद आङ्देम्बेले ७५, राष्ट्रिय जनमुक्ति पार्टीका इच्छाबहादुर चेम्जोङले २८ र मंगोल नेशनल अर्गनाइजेशनका उदय सुनुवारले १२ मत प्राप्त गरेका छन्।
निर्वाचनमा १७९ मत बदर भएको निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिए।
Shares

प्रतिक्रिया