पाल्पाका पूर्व सांसद भद्रबहादुर थापा मगरको ७० वर्षको उमेरमा निधन भएको छ। थापाको पाल्पा रामपुर नगरपालिका १० मा रहेको आफ्नै निवासमा शनिबार निधन भएको हो।
एमाले नेता समेत रहेका थापा २०५६ सालको आम निर्वाचनमा पाल्पा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।
विगत केही वर्षअघिदेखि उनी मुटु रोगबाट ग्रसित थिए। सांसदमा निर्वाचित हुनुअघि थापाले स्थानीय भानुभक्त माध्यमिक विद्यालयमा पठनपाठनसमेत गरेका थिए।
२०४९ साललमा भएको स्थानीय निकायको निर्वाचनमा उनी तत्कालीन गेझा गाविसका अध्यक्षमा निर्वाचित भएका थिए।
हाल एमालेको लुम्बिनी प्रदेश कमिटी सल्लाहकार रहेका थापाका श्रीमती, एक छोरा र एक छोरी छन्।
15
Shares
प्रतिक्रिया