राजनीति


ओली भन्छन् : गठबन्धनको उचाइ एमालेको घुँडाजति हो, एक्लै लड्न सक्दैनन्

ओली भन्छन् : गठबन्धनको उचाइ एमालेको घुँडाजति हो, एक्लै लड्न सक्दैनन्

विराटनगरमा आयोजित कार्यकर्ता भेलामा ओली। तस्बिर : राजन काफ्ले


नेपालखबर
जेठ २७, २०७९ शुक्रबार १६:५८, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध कसैले एक्लै लड्ने आँट गर्न नसक्ने बताएका छन्। 

शुक्रबार मोरङको विराटनगरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा ओलीले एमालेसँग एक्लै लड्ने आँट कांग्रेसले पनि नगरेको बताएका छन्। 

स्थानीय तह निर्वाचनमा एमालेविरुद्ध अन्य दलहरु धुरा कसेर मैदानमा उत्रिएको पनि उनले बताए। 

'एमालेसँग एक्लै प्रतिस्पर्धा गर्न सक्ने क्षमता असाधारण छ', उनले भने, 'यो कुरा स्थानीय चुनावले पुष्टि गरेको छ। चुनावमा केही सिट कम भए पनि लोकप्रिय मत रहेको उनको तर्क थियो।

मोरङका १७ मध्ये ९ पालिका जितेको बताउँदै ‌ओलीले एमालेसँग अदभुत क्षमता रहेको पनि तर्क गरे। 

'गठबन्धन फुटे धुलोपिठो हुन्छन्। अब गठबन्धन एकातर्फ र जनता अर्कातर्फ रहनेछन्', ओलीले भने, 'गठबन्धन फुटाउनुपर्ने कुरा उठेको छ। गठबन्धन फुटे त्यहाँ रहेका दल धुलोपिठो हुन बन्छन्।'

‌ओलीले एमालेसँग कसैले प्रतिस्पर्धा गर्न नसक्ने बताउँदै कांग्रेस-माओवादीसहित पाँच दलको गठबन्धन आफ्नो बरावरी नभएको दाबी पनि गरेका छन्। 

ओलीले पाँच दलीय गठबन्धन एमालेको घुँडासम्म मात्रै आउने तर्क पनि गरे। 'गठबन्धनको उचाइ एमालेको घुँडासम्म मात्रै हो, बराबरीको सपना नदेखे हुन्छ', उनले अगाडि भने, 'एक्लै चुनाव लड्दा पनि एमालेले लोकप्रिय मत ल्याएको छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad