राजनीति


अमेरिकी सेनाका इन्डो प्यासिफिक कमाण्डर जंगी अड्डामा, गार्डअफ अनर प्रदान

अमेरिकी सेनाका इन्डो प्यासिफिक कमाण्डर जंगी अड्डामा, गार्डअफ अनर प्रदान

नेपालखबर
जेठ २७, २०७९ शुक्रबार १६:३९, काठमाडौँ

अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स ए फ्लिनलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ। केहीबेर अघि जंगी अड्डामा नेपाली सेनाले गार्डअफ अनर प्रदान गरेको हो। 

अहिले उनलाई नेपाली सेनाले आफ्ना अप्रेसन गतिविधिबारे ब्रिफिङ गरिरहेको छ। यसपछि प्रधानसेनापति प्रभुराम शर्मासँग उनकै कार्यकक्षमा भेटवार्ता हुनेछ। 

यसअघि फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए। 

बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेर शितल निवास पुगेका फ्लिन राष्ट्रपति भण्डारीलाई भेटेर जंगी अड्डा प्रवेश गरेका हुन्। 

प्रधानमन्त्री देउवासँगको भेटमा मानवीय सहायता र विपद व्यवस्थापन लगायतका विषयमा छलफल भएको नेपालस्थित अमेरिकन दूतावासले जनाएको छ। राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा नेपालको निरन्तर योगदानको फ्लिनले प्रशंसा गरेका छन्। 

शुक्रबार नै प्रधानसेनापति शर्माले उनको सम्मानमा रात्रिभोजको आयोजना गरेका छ्न्। बिहीबार नेपाल आएका फ्लिन आगामी आइतबार श्वदेश फर्किनेछन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad