सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपनिर्वाचनमा थवाङबाट विजयी सुरुवात गरेको छ।
थवाङ गाउँपालिका वडा नम्बर १ मा शनिबार सम्पन्न रोल्पाको उपनिर्वाचनमा नेकपाका उम्मेदवार जनकबहादुर बुढा विजयी भएका छन्। थवाङमा उपनिर्वाचनमा सबैभन्दा कम मत खसेको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार थवाङमा ६.४ प्रतिशत मत खसेको थियो। एक हजार दुई सय ७४ मतादाता रहेको थवाङमा जम्मा २०९ मत खसेको थियो।
विजयी नेकपाका उम्मेदवार बुढाले १७४ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी कांग्रेसका कमलबहादुर रोका मगर २६ मत ल्याएको प्रमुख निर्वाचन अधिकृत रमेश ज्ञवालीले जानकारी दिए। ९ मत भने बदर भएको थियो।

प्रतिक्रिया