१३ औ दक्षिण एशियाली खेलकुद अन्तर्गत महिला भलिबलमा भारत फाईनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिबार भएको पहिलो सेमिफाइनलमा माल्दिभ्सलाई ३–०को सोझो सेटमा पाखा लगाउँदै भारतले फाइनलमा स्थान बनाएको हो। भारतले मालदिभ्सलाई २५–१४, २५–६, २५–१७ मा हराएको हो।
भारतले केही बेरमा हुने नेपाल र श्रीलंकाबीचको दोस्रो सेमिफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
प्रतिक्रिया