प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जनताका घरदैलोमै तीन तहका सरकार पुगेको बताएका छन्।
प्रदेश १ को पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिकामा ‘पर्यटकीय महोत्सव’को शनिबार उद्घाटनमा मुख्यमन्त्री राईले जनताका भावनाअनुसारको काम गर्नका लागि तीन तहका सरकार निर्माण भएकाले अब देश र जनताको हितमा काम बताए।
मुख्यमन्त्री राईले पर्यटकीय सम्भावनाको हिसाबले प्रदेश १ निकै धनी रहेकाले भ्रमण वर्ष–२०२० मा राखेको लक्ष्यअनुसारको पर्यटक भित्र्याउन प्रदेश सरकार सफल हुने विश्वास व्यक्त गरे। सबै नेपालीलाई आ–आफ्नो संस्कृति र धर्म मान्ने अधिकार रहेको भन्दै उनले यस महोत्सवले भ्रमण वर्षको स्वागत गरेको बताए। रासस
प्रतिक्रिया