ad ad

राजनीति


महोत्तरीमा उत्साहपूर्वक मतदान चल्दै

महोत्तरीमा उत्साहपूर्वक मतदान चल्दै

शैलेन्द्र महतो
मंसिर १४, २०७६ शनिबार ३:३४,

रिक्त एक गाउँपालिका अध्यक्ष र ३ डाध्यक्ष पदका लागि महोत्तरीमा उत्साहपूर्वक मतदान चलिरहेको छ।

महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्ष, बलबा नगरपालिकाका २ र ८ तथा मटिहानी नगरपालिकामा– ६ मा वडाध्यक्षको लागि उपनिर्वाचन भएको हो।

विहान बिहान ७ः २० बजेदेखि मतदान सुरु भएको निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ।

mtdan 2 1

पीपरा गाउँपालिकामा अध्यक्ष पदा लागि विभिन्न दलबाट ११ र ९ जना स्वतन्त्रगरी जम्मा २० जना उम्मेदावार मैदानमा उत्रिएका छन्।

पिपरा गाउँपालिकामा मतदान स्थल १५ र मतदान केन्द्र २४ वटा तोकिएको छ भने १८ हजार ५ सय ८० मतदाता छन्।

बलबा नगरपालिका २ र ८ मा ३ मतदान स्थल र ४ वटा मतदान केन्द्र र मटिहानी नगरपालिका– ६ मा एक मतदान केन्द्र राखिएको छ ।

मतदान गर्न स्थानीयबासी विहानैदेखि मतदान स्थलमा गइरहेका छन्। निर्वाचनकालागि सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ।

बलबा नगरपालिका– २ सरहन्चियाका स्थानीयबासी टायर गाडा चढेर मतदान गर्न गएका छन्।

mtdan 3 1

स्थानीय प्रशासनले मतदानको दिन सर्वसाधारणलाई मोटरसाईकलदेखि सवारीसाधन बिना स्वीकृति चलाउन रोक लगाएकाले आफुले टायर गडामै गएर मतदान गरेको स्थानीय ७५ वर्षीया सुर्यकला देवीले बताइन्।

जनता प्राथमिक विद्यालय मतदान केन्द्रमा शान्तिपूर्ण ढंगले मतदान चलिरहेको स्थानीय प्रशासनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .