राजनीति


राष्ट्रपति भण्डारीद्वारा जानकी मन्दिरमा पूजा

राष्ट्रपति भण्डारीद्वारा जानकी मन्दिरमा पूजा

शैलेन्द्र महतो
मंसिर १३, २०७६ शुक्रबार ७:४३,

राष्ट्रपति विद्यादेवी भण्डारीले जनकपुरको जानकी मन्दिरमा दर्शन तथा पूजा अर्चना गरेकी छन्।

सीता–राम विवाहपञ्चमीको अवसरमा अयोध्याबाट आएका साधुसन्तका जन्तीलाई स्वागत गर्न आएकी राष्ट्रपति भण्डारी जानकी मन्दिरमा समेत पूजा अर्चना गरेकी हुन्।

दिउँसो जनकपुरको एतिहासिक रंगभूमि मैदान बाह्रविघा मैदानमा हुने अयोध्याको साधुसन्तका जन्तालाई स्वागत तथा सम्बोधन कार्यक्रममा उनी सहभागी हुने छिन्।

प्रत्येक पाँच वर्षमा अयोध्याबाट आउने साधुसन्तको जन्ती यस वर्ष समेत आएकाले उनीहरुलाई स्वागत गर्न राष्ट्रपति भण्डारी जनकपुर आएकी हुन्।

नेपाली सेनाको हेलिकप्टरले जनकपुर आएकी राष्ट्रपति भण्डारीलाई जानकी मन्दिरमा भव्य स्वागत गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad