राजनीति


लेखकको क्षेत्रमा कांग्रेसले गुमायो विरासत, एमालेको वर्चश्‍व

लेखकको क्षेत्रमा कांग्रेसले गुमायो विरासत, एमालेको वर्चश्‍व

गोकुल जोशी
जेठ ४, २०७९ बुधबार १४:५६, कन्चनपुर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकको निर्वाचन क्षेत्र अन्तर्गत पर्ने दोधाराचाँदनी नगरपालिकामा नेपाली कांग्रेसले विरासत गुमाएको छ। 

यस पटकको स्थानीय तह निर्वाचनमा कांग्रेसले महाकाली पारीको पालिका दोधाराचाँदनीमा ०७४ सालको विरासत कायम राख्न सकेन।

दोधाराचाँदनीमा प्रमुख प्रतिपक्ष नेकपा एमाले वर्चश्व जमाएको छ। दोधारा नगरपालिकाको मेयरमा एमालेका किशोर लिम्बु दोस्रो पटकको प्रयासमा सफल भएका छन्।

०७४ सालमा कांग्रेसका वीरबहादुर सुनारसँग पराजित भएका लिम्बु यसपटक कांग्रेसकै उम्मेदवार गोपालदत्त भट्टलाई उछिन्दै मेयर बनेका हुन।

एमालेका लिम्बुले ७ हजार १०४ मत ल्याए।  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोपालदत्त भट्टले ६ हजार १७२ ल्याए भने स्वतन्त्र उम्मेदवार भीमबहादुर कुमालले १ हजार ८५३ मत हासिल गरे।

मेयर र उपमेयरको नजिता ०७४ को ठ्याक्कै उल्टिएको छ। त्यस बेला कांग्रेसले मेयर र एमालेले उपमेयर जितेको थियो। यस पटक कांग्रेसले उपमेयर जितेको छ। 

कांग्रेसकी गंगादेवी जोशी ६ हजार ३६५ मत सहित विजयी भइन्। उनकी निकटतम प्रतिस्पर्धी एमालेकी खीमा चन्दले ५ हजार ८२६ मत मात्रै ल्याइन्।

यो संगै नेपाली कांग्रेस दोधाराचाँदनीमा ०७४ को भन्दा कमजोर स्थितीमा देखा परेको छ। ०७४ सालको चुनावमा कांग्रेसले मेयर सहित ५ वटा वडा जितेको थियो। यसपटक कांग्रेस उपमेयर र एक वडाध्यक्षमा खुम्चिएको छ।

नेकपा एमालेले दोधाराचाँदनीमा आफ्नो शक्ति बढाएको छ। एमालेले ०७४ सालको चुनावमा त्यहाँ उपमेयर सहित ४ वटा वडा मात्रै जितेको थियो। यस पटक मेयर सहित ६ वटा वडा जितेको छ।

१० वडा रहेको दोधारा चाँदनीमा राप्रपाले २, कांग्रेस र माओवादीले १/१ जितेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad