नेकपा (एकीकृत समाजवादी) कञ्चनपुरले १२ जना नेता कार्यकर्तालाई कारबाही गरेको छ ।
पार्टीको अन्तरिम विधान २०७८ विपरित गतिविधि सञ्चालन गरेको भन्दै एकीकृत समाजवादीले जिल्लाका विभिन्न ठाउँका १२ जना नेता कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको हो ।
कारबाहीमा पर्नेमा रामबहादुर ऐडी (बेदकोट–४), डम्बर भट्ट (बेदकोट–१०), शंकर भट्ट (बेदकोट–४), प्रकाश राना (लालझाडी), रन सिंह सुनार (शुक्लाफाँटा–११), हिरामान श्रेष्ठ (बेलौरी–४) र केशवराज कडेँल (बेलौरी–६) रहेका छन्।
यस्तै, पुनम श्रेष्ठ (बेलौरी–४), अशोक श्रेष्ठ (बेलौरी–४), राजेन्द्र बडू (बेलौरी–३), हेमन्त कुमार श्रेष्ठ (बेलौरी–७) र धनबहादुर सार्की (बेलौरी–६) लाई पनि एकीकृत समाजवादीले साधारण सदस्य नरहने गरी निष्कासन गरेको छ।
अन्तरिम विधान २०७८ विपरित गतिविधि गरेकाले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको नेकपा एकीकृत समाजवादी कञ्चनपुरका सचिव हरक सिंह धामीले जानकारी दिए।
Shares

प्रतिक्रिया