नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा पार्टीबाट बागी उठेका जोकोहीलाई नछाडिने बताएका छन्।
कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सोमबार सम्बोधनका क्रममा उनले बागी उम्मेदवारी दिनेहरूको भविष्य पार्टीमा नरहने पनि बताए।
'बागी उम्मेदवारहरूलाई कुनै हालतमा छाडिने छैन। बागीलाई पार्टीले कारबाही गर्छ, गर्छ', देउवाले भने, 'बागीका कारण पार्टी हार्यो भने हामी कारबाही गर्छौँ। उनीहरुलाई कुनै ठाउँ छैन।'
देउवाले कैलालीका केही गाउँपालिकामा पार्टीबाट बागी उठेकाहरूलाई पछि हटेर गठबन्धनका उम्मेदवारलाई समर्थन गर्न पनि आग्रह गरे।
'गठबन्धनको निर्णयअनुसार हामीले छाडेका हौँ। पार्टीले छाडिसकेपछि बागी उठ्नु गलत हो', उनले भने, 'तत्कालै पछि हट्नु होला। हामी केन्द्रबाट पत्र पठाउँछौँ, उक्त पत्रअनुसार बागीबाट पछि हटेमा कारबाही हुने छैन।'
Shares

प्रतिक्रिया