राजनीति


भारतीय जनता पार्टीका नेतालाई कुटपिट गर्दै झाडीमा फ्याँकियो (भिडियो)

भारतीय जनता पार्टीका नेतालाई कुटपिट गर्दै झाडीमा फ्याँकियो (भिडियो)

नेपालखबर
मंसिर ९, २०७६ सोमबार ११:४,

पश्चिम बंगाल राज्यको भारतीय जनता पार्टीका उपाध्यक्ष जोय प्रकाश मजुमदरमाथि कुटपिट भएको इन्डिया टुडेले जनाएको छ।

सोमबार करिमनगरमा विधानसभाको उपनिर्वाचन भइरहेको समयमा चुनावमा उठेका जोय प्रकाश मजुमदरमाथि एक मतदान केन्द्रनजिकै तृणमूल काँग्रेसका कार्यकर्ताले कुटपिट गरेको जनाइएको छ।

Image result for Joy Prakash Majumdar

यस घटनाको भिडियो समाचार संस्था एएनआइले सार्वजनिक गरेको छ। मतदान भइरहेको स्थानमा प्रवेश गर्न खोज्दा उनीमाथि कुटपिट भएको थियो।

सार्वजनिक भिडियोमा जोय प्रकाशमाथि लात्ता र मुक्का प्रहार भएको देखिएको छ। प्रहरीेले लाठ्ठी चार्ज गर्दै घटनालाई नियन्त्रणमा लिएको थियो।

निर्वाचन आयोगले उक्त आक्रमणको निन्दा गर्दै प्रहरीसँग यसबारे रिपोर्ट मागेको छ। दोषीलाई कारवाही हुनुपर्ने भाजपाले बताएको छ।

(भिडियो)

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad