ad ad

राजनीति


गोरखा नगरपालिकामा मेयरका उम्मेदवार आफ्नै कार्यकर्ताबाट कुटिए

गोरखा नगरपालिकामा मेयरका उम्मेदवार आफ्नै कार्यकर्ताबाट कुटिए

नेपालखबर
बैशाख १२, २०७९ सोमबार १७:१२, काठमाडौँ

स्थानीय निर्वाचनको मनोनयन चलिरहेका बेला गोरखा नगरपालिकाका मेयरका उम्मेदवार विश्वदेव श्रेष्ठलाई उनकै कार्यकर्ताले कुटेका छन्। 

बसपार्कस्थित बैंक रोडमा फोटो खिचिरहेको अवस्थामा उनीमाथि नेपाली कांग्रेसकै असन्तुष्ट समूहले सोमबार कुटपिट गरेको हो। 

गोरखा नगरपालिकाका मेयर राजनराज पन्त फेरि मेयरको उम्मेदवार बन्ने दौडमा थिए।

तर अन्तिम समयमा पन्तको टिकट खोसेको आरोपमा विवाद चर्किएको छ। मेयरको टिकट वितरणमा असन्तुष्टि जनाउँदै कांग्रेस पार्टी कार्यालय ताला लगाइएको छ।

सोमबार दिनभर गोरखा बजार तनावग्रस्त भयो। ताला लगाइएपछि पार्टी कार्यालयसहितका स्थानमा सुरक्षा तैनाथी बढाइएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .