ad ad

राजनीति


अमेरिकी संसदीय टोली र नेपाली सांसदबीच काठमाडौंमा भेटवार्ता

अमेरिकी संसदीय टोली र नेपाली सांसदबीच काठमाडौंमा भेटवार्ता

नेपालखबर
बैशाख १०, २०७९ शनिबार १२:२९, काठमाडौँ

नेपाल भ्रमणमा रहेको अमेरिकी सांसद टोली र नेपाल–अमेरिका संसदीय मैत्री समूहहबीच काठमाडौंस्थित होटल मेरिएटमा अहिले भेटवार्ता भइरहेको छ। 

नेपाल अमेरिका संसदीय समूहका अध्यक्ष तथा नेपाली काङ्ग्रेसका नेता डा. मिनेन्द्र रिजालले अमेरिकी सांसदमको टोलीलाई स्वागत गरे। 

भेटमा नेपाली सांसदहरू शक्ति बस्नेत, जीवनराम श्रेष्ठ, बिन्दा पाण्डे र नवराज सिलवाललगायत छन्। नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी एवम् दूतावासका अधिकारी लन्च बैठकमा सहभागी छन्।

अमेरिकी संसदीय टोलीले यसअघि आजै बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेको थियो। अमेरिकाको माथिल्लो सदन सिनेटकी सदस्य किर्स्टन जिलिब्रान्ड (न्युयोर्क) को नेतृत्वमा सिनेटरहरू शेल्डन ह्वाइटहाउस (रोड आइल्यान्ड), कोरी बुकर (न्यु जर्सी), मार्क केली (एरिजोना) र तल्लो सदन प्रतिनिधि सभा सदस्य मोन्डेयर जोन्स (१७औं कङ्ग्रेसनल डिस्ट्रिक्ट न्यूयोर्क) नेपाल भ्रमणका लागि हिजो साँझ काठमाडौं आइपुगेका हुन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .