राजनीति


‘गभर्नरसँग सुरुबाटै समस्या देखियो, अर्थमन्त्रीको राजीनामाबारे १३ गतेपछि टुंगो गर्छौँ’

‘गभर्नरसँग सुरुबाटै समस्या देखियो, अर्थमन्त्रीको राजीनामाबारे १३ गतेपछि टुंगो गर्छौँ’

फाइल तस्बिर


नेपालखबर
बैशाख ८, २०७९ बिहिबार १३:७, काठमाडौँ

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख १३ पछि मात्रै अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिने-नदिने कुराको निर्णय हुने बताएका छन्। 

धनगढी विमानस्थलमा बिहीबार प्रत्रकारसँग कुराकानी गर्दै उनले यसो भनेका हुन्। 

अध्यक्ष प्रचण्डले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र गठबन्धन सरकारबीच सुरुदेखि नै समस्या देखिएको पनि बताएका छन्। 

‘सुरुदेखि नै गभर्नर र सरकारबीच समस्या देखिएकै हो। अब अर्थमन्त्री र प्रधानमन्त्रीले सल्लाह गरेर नै गभर्नरलाई निलम्बनको निर्णय लिएको भन्ने कुरा पनि प्रष्ट भएको छ', उनले भने, 'आगामी १३ गते अदालतले दुवैलाई बोलाएको छ। त्यसपछि मात्रै वास्तवमा के भएको हो भन्न सकिन्छ। अहिलै निर्णय हुँदैन।’

सरकारले गत चैत २४ गतेको मन्त्रिपरिषद् बैठकबाट गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो। तर सर्वोच्च अदालतले मंगलबार अल्पकालीन आदेश दिँदै निलम्बित गभर्नर अधिकारीलाई राष्ट्र बैंक फर्किने बाटो खोलिदिएको छ। 

अल्पकालीन आदेशसँगै सर्वोच अदालतले गर्भनर अधिकारी र सरकार दुवै पक्षलाई १३ गते छलफलका लागि बोलाएको छ। 

प्रचण्डले आगामी वैशाख ३० गते नै स्थानीय निर्वाचन हुने बताएका छन्। 

‘कतिपय व्यक्तिहरूले गठबन्धनले निर्वाचन सार्छन् कि भन्ने हल्ला चलाएका थिए', उनले भने, 'हिजो मात्रै सबै महानगर र उपमहानगरपालिकामा सहमति भएको छ। अब त केही अलमल छैन होला।’

प्रचण्ड कैलालीको गौरीगंगामा हुने कार्यक्रममा सम्बोधनका लागि धनगढी पुगेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad