ad ad

राजनीति


प्रशंसामा बग्दै अग्निले भने–लेलिनले जस्तै विश्व संकट सुल्झाउने अवसर अब प्रचण्डलाई

प्रशंसामा बग्दै अग्निले भने–लेलिनले जस्तै विश्व संकट सुल्झाउने अवसर अब प्रचण्डलाई

माओवादी प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्निप्रसाद सापकोटा (फाइलत तस्बिर)


नेपालखबर
असोज १९, २०८१ शनिबार १६:३४, काठमाडौँ

पार्टीभित्र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रशंसा हुनु खासै नौलो कुरा होइन। कार्यकर्तादेखि उच्च तहका माओवादी नेताले उनको महिमा गाइरहन्छन्। तर, शनिबार आयोजित एक कार्यक्रममा पूर्व सभामुख समेत रहेका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले भने उनको निकै प्रशंसा गरे। सादय, सँगै मञ्चमा बसेका स्वयंलाई पनि त्यो पचाउन गाह्रो भयो होला।

माओवादी केन्द्र दोलखाको कार्यक्रममा सापकोटाले प्रचण्डको प्रशंसा पछिल्लो कार्यकालको सरकारको नेतृत्व सम्हालेका बारे गरे। ‘तेस्रो कार्यकालको प्रधानमन्त्रीको सपथ गर्दै गर्दा प्रचण्डले के भन्नु भएको थियो भने यो उत्तराद्धमा मेरो लागि यो चुनौती पनि हो, अबसर पनि हो,’ उनको भनाइ थियो,  ‘यो अवसरलाई पुरै बास्तविकतमा बदल्छु भनेर संकल्प गर्नुभयो। त्यो संकल्पबाट एउटा अदभुत सक्रियता र आत्मविश्वास उहाँमा पैदा भयो। मैले धेरै भन्नुपर्छ र ? एउटै कुरा सम्झिनुहोस् न, त्यो के हो भने उज्याले नहुँदै उहाँ रुकुम जाजरकोट पुग्नुभयो (भूकम्पका बोल)।’

दशक लामो सशस्त्र युद्ध थालेका बेलाको प्रसँगमा पनि सापकोटाले प्रचण्डको निकै तारिफ गरे। ‘अन्तर्राष्ट्रिय राजनीतिको रंगमञ्चमा हिजो जनयुद्धका बेला नेपालतिर हेर नयाँ संसार जन्मिदै छ भनेर सबैले सुनेका थिए,’ उनको टिप्पणी छ।

प्रथम विश्व युद्धताका रुसका लेलिन र चीनका माओले विश्वलाई संकटको समाधान दिएको दाबी गर्दै सापकोटाले उनीहरु जस्तै बन्ने अवसर प्रचण्डलाई आएको भन्न समेत भ्याए। ‘प्रचण्ड आज संयुक्त राष्ट्रसंघको महासचिवदेखि विश्व रंगमञ्चमा असाधारण खालको राजनीतिक ब्राण्ड भएको छ,’ उनको भनाइ छ, ‘सुरक्षा राष्ट्रसंघका महासचिवले नै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद असफल भैइसक्यो भन्नु भएको छ। यो दुनियाँमा देखा परेका समस्या समाधान गर्नका लागि सन् १९१४ मा लेलिनले प्रथम विश्वयुद्धबाट जन्मिएका अन्तरविरोध हल गर्दै सन् १९१७ मा महान समाजवादी क्रान्ति गर्नु भएको थियो। ठिक त्यस्तैगरी माओले सन् १९४५ मा जन्मिएका अन्तरविरोधको एक–एक उत्तर दिँदै अर्को नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नु भएको थियो।’

सापकोटाले थपे, ‘इतिहासले आज हाम्रो नेतृत्व, हाम्रो पार्टीलाई र सिंगो नेपाल देशलाई त्यो अबसर मिलेको छ। तीन करोड नेपालीको विश्वास जित्न सकियो भने धर्तीको कुनै तागतले हामीलाई हल्लाउन सक्ने छैन।सारा तागत लगाएर हामी कमरेड प्रचण्डको नेतृत्वमा गोलबन्द हौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .