राजनीति


भारत, चीन दुबैतिरका सीमा विवाद हल गर्न समिति गठन

भारत, चीन दुबैतिरका सीमा विवाद हल गर्न समिति गठन

नेपालखबर
मंसिर ५, २०७६ बिहिबार १३:७,

सरकारले सीमा विवाद हल गर्न ‘सीमा निरीक्षण समिति गठन’ गरेको छ।

भारत र चीन दुवै मुलुकमा रहेका सीमा विवाद हल समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

बिहीबार मन्त्रिपरिषद बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले दुवै मुलकमा रहेका सीमा विवाद हल गर्ने ‘नेपाल–भारत’ तथा ‘नेपाल–चीन’ सीमा निरीक्षण समिति गठन गर्ने निर्णय गरिएको जानकारी दिए।

त्यसैगरी सरकारले कलंकी–थानकोट–नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाहरुको सुरुङ मार्गको फ्लाईओभरका लागि आवश्यक पर्ने ११ दशमलव ८ रोपनी जग्गा र ४७ वटा घर टहरा अधिग्रहण गर्न स्विकृति पनि दिएको सरकारका प्रवक्ता बास्कोटाले बताए।

त्यसैगरी मंसिर ३ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाल सरकार र रुसी महासंघबीच आपत्कालीन पूर्व तयारी तथा प्रतिकार्यको क्षेत्रमा सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्विकृति पनि दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad