राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले राजसंस्थाको मुद्दा किन छाडेँ भन्ने विषयमा स्पष्टीकरण दिएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा अध्यक्ष पदमा उठेका थापा राजेन्द्र लिङ्देनसँग हारेपछि पुनः आफ्नो पुरानै पार्टी राप्रपा नेपालको अध्यक्ष बनेका छन्।
राप्रपाको एकता महाधिवेशनमा आफ्नो पराजयको दोष निर्मल निवासलाई दिएका थापाले यही रिसमा राप्रपा छाडे र पुनः राप्रपा नेपाल पुनः गठन गरे। योसँगै कुनै बेला राजतन्त्र पुनःस्थापनाका पक्षपाती थापाले यो एजेन्डै त्यागेका छन्।
यस विषयमा धेरै मानिसमा खुल्दुली होला भन्दै उनले भिडिओ सन्देशमार्फत स्पष्टीकरण दिएका हुन्।
२०६२/६३ को जनआन्दोलनका बेला आफूले ज्यान हत्केलामा राखेर वकालत गरेको राजसंस्थाले आज आफूलाई धोका दिएको उनको आरोप छ।
‘शतप्रतिशत राजावादी रहेको दल राप्रपामा निर्मल निवासले नांगो हस्तक्षेप गरेर राजसंस्था साझा अभिभावक र निष्क्रिय भएर बस्न सक्दैन भन्ने सन्देश प्रवाहित गर्यो’, भिडिओ सन्देशमा अध्यक्ष थापाले भनेका छन्, ‘यो पृष्ठभुमिमा हामीले सोच्यौं कि अब लोकतन्त्र, हिन्दुराष्ट्र, सुशासन र समृद्धिको एजेन्डा बोकेर जानुबाहेक अर्को कुनै विकल्प छैन, राजसंस्थाप्रति विश्वास र आस्था हिजो पनि थियो, त्यो सम्मान भोलि पनि रहनेछ, तर अबको गन्तव्य लोकतन्त्र हिन्दुराष्ट्र र समृद्धि नै हुनेछ।’
— Kamal Thapa (@KTnepal) March 24, 2022मैले राजसंस्था किन छोडेँ? pic.twitter.com/hq0mUFK8AP
Shares

प्रतिक्रिया