राजनीति


एक इन्च पनि भूमि नछाड्ने प्रधानमन्त्रीको प्रतिवद्धतामा कांग्रेसको समर्थन छः महामन्त्री कोइराला

 एक इन्च पनि भूमि नछाड्ने प्रधानमन्त्रीको प्रतिवद्धतामा कांग्रेसको समर्थन छः महामन्त्री कोइराला

नेपालखबर
मंसिर ४, २०७६ बुधबार ८:४५,

 नेपाली कांग्रेसका महामन्त्री डा. शशा‌ंक कोइरालाले नेपाली भूभाग कालापानी र लिपुलेक नेपाली भूमि भएकाले कुनै हालतमा छाड्न नसकिने बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हामी आफ्नो भूभागको एक इन्च पनि नछाड्ने भनी प्रतिबद्धता जनामा नेपाली कांग्रेसको पनि समर्थन रेहको बताए।

महामन्त्री कोइरालाले नेपाल विद्यार्थी संघमा अब हुने अधिवेशनपछि मात्र उमेरको हद लागू हुने विधानमा उल्लेख छ भन्दै कांग्रेस पार्टी एक भएर अघि बढ्नुपर्ने समय आएको बताए।

उनले मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) नेपाली कांग्रेसमा एकीकृत भएपछि फोरम लोकतान्त्रिकबाट केन्द्रीय सदस्यका लागि सिफारिस भएको ११ जनाको विषयमा पार्टीले अध्ययन गरिरहेको बताए।

कांग्रेसको आउने महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने कुरामा आफूले अहिले नै निश्चय नगरेको बताँउदै महामन्त्री कोइरालाले रौतहटका नेपाली कांग्रेस नेता अफताव आलमको विषयमा मुद्दा न्यायालयमा गएकोले केही बोल्नु उपयुक्त नहुने धारणा राखे।
उहाँले मुलुकको विभिन्न स्थानमा भइरहेको उपनिर्वाचनमा नेपाली काँग्रेसको समर्थन बढिरहेको बताउनुभयो ।९फोटो उपलब्ध छ ०
–––

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad