राजनीति


पार्टीसहित पूर्वमन्त्री सिंह र अभिनेत्री मानन्धर आज एमालेमा प्रवेश गर्दै

पार्टीसहित पूर्वमन्त्री सिंह र अभिनेत्री मानन्धर आज एमालेमा प्रवेश गर्दै

फाइल तस्बिर : अभिनेत्री करिश्मा मानन्धर र पूर्वमन्त्री प्रेमबहादुर सिंह


नेपालखबर
चैत ८, २०७८ मंगलबार ७:४६, काठमाडौँ

आफ्नो नेतृत्वमा रहेको समाजवादी जनता पार्टी (सजपा) सहित पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर आज (मंगलबार) नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्। 

उनीहरूलाई आज दिउँसो १ बजे कार्की ब्यांक्वेट (बबरमहल) मा अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए। 

‘पूर्वमन्त्री सिंहको नेतृत्वमा रहेको सजपा एमालेमा समाहित हुन लागेको हो’, प्रचार विभागका उपप्रमुख रिजालले मंगलबार बिहान नेपालखबरसँग भने, ‘अभिनेत्री करिश्मा मानन्धर पनि हाम्रो पार्टीमा आउँदै हुनुहुन्छ।’ 

सिंह पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा खानेपानीमन्त्री बनेका थिए। 

यस्तै अभिनेत्री मानन्धरले डा. बाबुराम भट्टराईको नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबाट दलगत राजनीति सुरु गरेकी थिइन्। तर पछि निष्क्रिय रहिन्। अहिले फेरि एमालेबाट राजनीतिक यात्रा अगाडि बढाउन लागेकी हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad