नेपाली कांग्रेस सप्तरीको जिल्ला सभापतिमा शेखर कोइराला पक्षका रामदेव साह विजयी भएका छन्।
संस्थापन पक्षका उम्मेदवार शत्रुघन यादवलाई पराजित गर्दै साह विजयी भएका हुन्।
साह ११६ मतान्तरले सभापतिमा निर्वाचित भए।
साहले एक हजार १८६ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले १ हजार ७७ मत मात्र प्राप्त गर्न सके।
सप्तरीमा यसअघि शनिबार भएको निर्वाचन विवादपछि स्थगित भएको थियो। मंगलबार सम्पन्न निर्वाचनको मतगणनाको परिणाम आज सार्वजनिक गरिएको हो।
39
Shares
प्रतिक्रिया