राजनीति


केन्द्रीय सदस्यको कार्यविभाजन टुंग्याउन नेकपाको बैठक बस्दै

केन्द्रीय सदस्यको कार्यविभाजन टुंग्याउन नेकपाको बैठक बस्दै

नेपालखबर
असार ७, २०७६ शनिबार ८:१९,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिबार दिउँसो ३ बजे सचिवालय बैठक बस्ने भएको छ।

नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन र समसामयिक विषयबारे छलफल हुने जानकारी गराए। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली युरोप भ्रमणबाट फर्किएपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो।

यसअघि गत जेठ २३ गते बसेको बैठकमा पार्टी केन्द्रीय सदस्यको कार्यविभाजनका विषयमा छलफल भए पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली युरोप भ्रमणमा जानुपर्ने र कार्यविभाजनबारे तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो।

नेकपाका केन्द्रीय सदस्यको कार्यविभाजनबारे पटक÷पटक बैठक बसे पनि टुङग्याउन सकेको थिएन। नेकपाले जिल्ला इञ्चार्ज र सह–इञ्चार्जको टुङ्गो लगाएपछि साङ्गठनिक एकीकरणका अन्य काम टुङग्याउने तयारी गरेको छ । यसअघि जेठ २१, २२ र २३ गते सचिवालय बैठक बसेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad