राजनीति


ओली बालुवाटार आउनुअघि बालकोट पुगेका थिए अमेरिकी राजदूत

ओली बालुवाटार आउनुअघि बालकोट पुगेका थिए अमेरिकी राजदूत

फाइल तस्बिर


नेपालखबर
फागुन १०, २०७८ मंगलबार २०:१९, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले आफ्ना नेताहरूसहित बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ता गरिरहेका छन्। 

उनी देउवासँग भेटवार्ता गर्न अघि साँझ साढे ६ बजेतिर बालुवाटारस्थित प्रधानमन्त्रीको निवास छिरेका हुन्। 

यसैबीच ओली बालुवाटार प्रस्थान गर्नुअघि उनलाई अमेरिकी राजदूत ​र्यान्डी बेरीले उनकै निवास बालकोट पुगेर भेटवार्ता गरेका छन्। 

ओलीका प्रेस संयोजक रामकृष्ण बजगाईंका अनुसार अपराह्न साढे ५ बजे अमेरिकी राजदूत बालकोट पुगेका थिए। उनीसँग छलफललगत्तै एमाले अध्यक्ष ओली बालुवाटर प्रस्थान गरेका थिए।  

‘अमेरिकी राजदूतसँगको छलफललगत्तै अध्यक्षज्यू बालुवाटार प्रस्थान गर्नुभएको हो’, नेपालखबरसँग उनले भने।  

याे पनि : ​देउवा–ओली बालुवाटार वार्तामा ईश्वर पोखरेल र विष्णु पौडेल पनि

यसअघि गत माघमा पनि अमेरिकी राजदूत र्यान्डी बेरीले ओलीसँग भेट गरेका थिए। त्यतिबेला ओलीले भनेका थिए, ‘म त तयारै छु, एमसीसीमा म नकारात्मक छैन, यसमा निर्णायक देउवा हुन्। तपाईंले देउवासँग कुरा गर्नूस्।’ 

यसबीच अमेरिकी राजदूत बेरीले प्रधानमन्त्री देउवासँग पनि भेटवार्ता गरिसकेका छन्। 

गत आइतबार प्रतिनिधि सभाको बैठकमा एमसीसी सम्झौतासम्बन्धी प्रस्ताव पेस गर्न सफल भएका प्रधानमन्त्री देउवा अब त्यसलाई जुनसुकै हालतमा अनुमोदन गराउने प्रयासमा लागेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad