राजनीति


कर्मचारी युुनियनको महाधिवेशन फागुन २१ देखि

कर्मचारी युुनियनको महाधिवेशन फागुन २१ देखि

नेपालखबर
फागुन २, २०७८ सोमबार ९:३७, काठमाडौँ

नेपाल निजामती कर्मचारी युुनियनको नयाँ नेतृत्व चयनका लागि यही फागुनको २१ गतेदेखि २३ गतेसम्म महाधिवेशन हुने भएको छ।

गत माघ ८–१० मै गर्ने भनिएको महाधिवेशन कोरोना महामारीका कारण रोकिएको थियो। सम्पूर्ण तयारी पूरा भएको जनाएको युनियनले कोरोना संक्रमण बढ्दै गएकाले प्रशासनले भीडभाड हुने कार्यक्रममा रोक लगाएपछि महाधिवेशन स्थगन गरेको थियो। 

अहिले अवस्था सहज भएकाले फागुन २१–२३ का लागि महाधिवेशन तय गरिएको युनियनले जनाएको छ। 

आइतबार बसेको युनियनको भर्चुअल बैठकले महाधिवेशनको मिति तय गरको उपमहासचिव दुर्गाप्रसाद फुयाँलले जानकारी दिए। युनियनको वर्तमान कार्यसमितिको म्याद चैत्रसम्म मात्र भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर महाधिवेशन गर्ने तयारी गरेको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad