प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि सत्तारुढ तीन दलले महाअभियोग प्रस्ताव अगाडि बढाएपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्।
सोमबार दिउँसो २ बजे बस्ने गरी सापकोटाले संसदमा रहेका सबै दलको सहभागिता हुने गरी सर्वदलीय बैठक बोलाएका उनको सचिवालयले जनाएको छ।
बैठकमा प्रमुख प्रतिपक्षी एमालेलाई पनि बोलाएको छ। तर आफ्ना १४ सांसदमाथि कारबाहीको सूचना नटाँसेको भन्दै एमालेले गत भदौदेखि नै संसद र सभामुखले बोलाएका बैठक बहिष्कार गर्दै आएको छ।
सरकारले अमेरिकी परियोजना एमसीसीसम्बन्धी प्रस्ताव पनि संसदमा अघि बढाउने तयारी गरिरहेको छ। यस्तोमा एमसीसीबारे पनि त्यो बैठकमा छलफल हुने बताइएको छत्त।
114
Shares

प्रतिक्रिया