राजनीति


फेरि स्थगित भयो प्रतिनिधिसभा बैठक

फेरि स्थगित भयो प्रतिनिधिसभा बैठक

फाइल तस्बिर


नेपालखबर
फागुन १, २०७८ आइतबार १२:२२, काठमाडौँ

प्रतिनिधिसभाको सोमबारका लागि बोलाइएको बैठक फेरि स्थगित भएको छ।

संसद सचिवालयले बुधबारसम्मका लागि संसद बैठक स्थगित गरिएको सूचना आइतवार प्रकाशित गरेको हो। 

संसद सचिवालयले सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको थियो।

तर विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने जानकारी संसद सचिवालयले दिएको हो। 

प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख अग्नि सापकोटाले गते बुधबार दिउँसो १ बजे बैठक बस्ने गरी निर्धारण गरेको संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad