राजनीति


प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

नेपालखबर
फागुन १, २०७८ आइतबार ११:३१, काठमाडौँ

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको छ। 

जबराविरुद्ध प्रमुख सत्तारुढ नेपाली कांग्रेस, सत्ता साझेदार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका सांसदहरूले आइतवार संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका हुन्। 

संविधानको धारा १ सय १ को उपधारा २ बमोजिम संसदमा महाअभियोग दर्ता भएको हो। 

प्रस्तावकहरुसहित तीन दलका ९८ जना सांसदहरुको हस्ताक्षरमा महाअभियोग प्रस्ताव दर्ता गरिएको हो। 

उक्त प्रस्ताव दर्ता गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू र कांग्रेस महामन्त्री गगन थापा पनि संसद सचिवालय गएका थिए।

संसद सचिवालयमा महाअभियोग दर्ता भएपछि प्रधानन्यायाधीश जबरा स्वत: निलम्बनमा पर्ने छन्।

यसअघि लामो समय आन्दोलन गर्दै आएको नेपाल बार एसोसियसनले जबराविरुद्ध महाअभियोग दर्ता गराउनुपर्ने विषयलाई मूल मुद्दा बनाएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad