डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा प्रभावशाली प्रदर्शनलाई कायमै राखेको छ।
शीर्ष स्थानमा रहेर उपाधि होड बलियो बनाउँदै गएको सिटीले गएराति भएको खेलमा नर्विच सिटीलाई ४-० गोल अन्तरले पराजित गरेको हो।
सिटीलाई प्रभावशाली जित दिलाउने क्रममा इङ्लिस स्ट्राइकर रहिम स्ट्रर्लिङले ह्याट्रिक गरे। त्यस्तै युवा स्ट्राइकर फिल फोडेनले एक गोल गरे।
सिटीका लागि खेलको ३१ औँ मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै सुरुआती अग्रता दिलाए। त्यसपछि ४८ औँ मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको अग्रता २-० मा बढाए।
त्यस्तै खेलको ७० औँ मिनेटमा रहमिले दोस्रो गोल गरेर अग्रता ३-० मा पुर्याए। खेलको ९० औँ मिनेटमा रहिमले नै गोल गर्दै ह्याट्रिक पूरा गरे।
यससँगै सिटीले ४-० गोल अन्तरको जित पक्का गर्यो। नर्विचलाई हराएपछि सिटीले २५ खेलबाट ६३ अंक बनाएको छ। सिटीले दोस्रो स्थानको लिभरपुलभन्दा १२ अंकले अग्रता बनाएको छ।
Shares
प्रतिक्रिया