नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् बैठक सार्न आफूले प्रधानमन्त्री शेरबहादुर देउवलाई सुझाव दिएको भनेर गलत प्रचार गरिएको बताएका छन्।
आज आइतबार माओवादी केन्द्रले पेरिसडाँडामा आयोजना गरेको २७औं जनयुद्ध दिवस समारोहलाई जसम्बोधन गर्दै प्रचण्डले आफ्ना कारण नभई प्रधानमन्त्रीकै आग्रहमा प्रतिनिधि सभाको बैठक सारिएको बताएका हुन्।
‘अग्नि सापकोटा सभामुख होइन, प्रचण्डको आदेशमा संसद बैठक सारियो भन्ने कुप्रचार गरियो, यो के विचित्र हो’, प्रचण्डले भने, ‘प्रधानमन्त्री आफैंले आग्रह गरेर संसद १० दिन सारेको हो। तर, मिडियामा प्रचण्डलाई के गरी बदनाम गर्न सकिन्छ भनेर प्रचार गरियो।’
42
Shares

प्रतिक्रिया