सोलुखुम्बुको सोलुदूधकुण्डमा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ।
सोलुदूधकुण्ड नगरपालिका २ लबुचेका ६४ वर्षीय पासाङ लामा र सोताङ गाउँपालिका १ खोर्दाका २६ वर्षीय तेजबहादुर लामिछानेको भिरबाट लडेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार लामाको लबुचे र लामिछानेको सोताङ गाउँपालिका १ मा रहेको हुँगा दूधकोसी सामुदायिक वनको भिरबाट लडेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख डीएसपी कवित कटुवालका अनुसार गएको बिहीवार छोराको घर जान्छु भनेर हिँडेका लामाको भीरबाट लडेर मृत्यु भएको छ।
तीन दिनसम्म लामा छोराको घर नपुगेपछि आफन्तले खोजतलास सुरु गरेका थिए। उनको शनिबार शव फेला परेको हो।
लामिछानेको भने घाँस काट्न जाँदा भीरबाट लडेर मृत्यु भएको हो।
6
Shares

प्रतिक्रिया