राजनीति


एमसीसीबारे देउवा, प्रचण्ड र नेपालबीच छलफल

प्रधानमन्त्रीले निकाले संयुक्त पत्रको कुरा
एमसीसीबारे देउवा, प्रचण्ड र नेपालबीच छलफल

नेपालखबर
माघ २७, २०७८ बिहिबार १३:१८, काठमाडौँ

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज बिहान भेटवार्ता भएको छ। 

स्रोतका अनुसार सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच अमेरिकन सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गर्ने विषयमा कुराकानी भएको हो।  

केही दिनअघि प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मात्र छलफल गरेका प्रधानमन्त्री देउवाले आज प्रचण्ड र नेपालसँग भेटवार्ता गरेका हुन्। 

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) छलफल भएको हो। 

छलफलका क्रममा प्रचण्ड र नेपालले अहिलेकै अवस्थामा एमसीसी पास गर्न नसकिने र कम्तीमा चुनाव अघिसम्म यो विषय अघि नबढाउन आग्रह गरेका थिए। 

तर प्रधानमन्त्री देउवाले आफूहरूले पत्रमा गरेको प्रतिबद्धताअनुसार एमसीसी अनुमोदन गराउनुपर्ने जिकिर गरेको स्रोतले जानकारी दिएको छ। 

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमसीसी मुख्यालयमा संयुक्त पत्र पठाई यही फेब्रुअरी २८ भित्र संसदबाट एमसीसी अनुमोदन गराउने प्रतिबद्धता जनाएका छन्।

हालै उक्त पत्र सार्वजनिक भएपछि प्रचण्ड अप्ठेरोमा परेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad