कारोबार


डिशहोमले अब ६ सय एमबीपीएस गतिको मेगाफाई इन्टरनेट प्रदान गर्ने

डिशहोमले अब ६ सय एमबीपीएस गतिको मेगाफाई इन्टरनेट प्रदान गर्ने

नेपालखबर
माघ २७, २०७८ बिहिबार १३:१५, काठमाडौँ

डिशहोम फाइबरनेटले ६ सय एमबीपीएस स्पिड भएको मेगा–फाई इन्टरनेट प्रदान गर्ने भएको छ।

डिशहोमले हाई स्पिड इन्टरनेट प्रयोगकर्ताहरुको लागि ३ सय र ६ सय एमबीपीएस स्पिडको इन्टरनेट प्याकेज ल्याएको हो। 

नेपालमा नै पहिलो पटक लेटेस्ट वाइफाइ टेक्नोलोजीको वाइफाइ ६ राउटर र मेस नोडमार्फत ग्राहकहरुले हाई स्पिड इन्टरनेटको मज्जा लिन सक्नेछन्।

कम्पनीका अनुसार यो राउटर अहिले बजारमा पाइनेभन्दा चार गुण बढी गतिमा इन्टरनेट चल्ने कम्पनीको दाबी छ। यसमा इएआई, गिगाबिट एक्सेस, डुअल ब्यान्ड स्मार्ट स्टिअरिङ, सिमलेस रोमिङ, मल्टिलेभल प्रोटेक्सन, मोर कनेक्सन एन्ड मेश नेटवर्किङजस्ता सुविधा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad