ad ad

खेल


इमर्जिङ एसिया कपः भारतसँग नेपाल पराजित

इमर्जिङ एसिया कपः भारतसँग नेपाल पराजित

नेपालखबर
कात्तिक २८, २०७६ बिहिबार ७:३३,

बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कपको पहिलो खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको छ। 

नेपालले लिएको १ सय ९४ रनको लक्ष्य भारतले ४२ ओभरमा ३ विकेट गुमाएर भेटायो। भारतका सानभिर सिंहले ५६ र अर्मान जफरले ५१ रनको अर्धशतकीय पारी खेले। यस्तै कप्तान बीआर सामर्थले ४९ रनको पारी खेले।

नेपालका करण केसी, ललितनारायण राजवंशी र सुशान भारीले १–१ विकेट लिए। ७ ओभर बलिङ गरेका करणले २५ रनमात्रै खर्चे।

त्यसअघि पवन सर्राफले अर्धशतकीय पारी खेलेसँगै  नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतविरुद्ध १९४ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.५ ओभरमा सबै विकेट गुमाएर १९३ रन जोडेको हो।

पवन सर्राफले ५६ रनको अर्धशतकीय पारी खेलेपछि नेपाल सो स्थितिमा पुगेको हो। ४९ बलमा उनले ७ चौका र २ छक्का प्रहार गरे। यस्तै अर्का अनुभवी खेलाडी शरद भेषावकरले ४४ रन जोडे। ७६ बलमा १ चौका र एक छक्का प्रहार गरे।

 कुशल भुर्तेलले २८, उपकप्तान दीपेन्द्रसिंह ऐरीले २४ र करण केसीले २० रन जोडे। नेपालले पहिलो ओभरको दोस्रो बलम नै कप्तान ज्ञानेन्द्र मल्ललाई शून्यमा गुमाएको थियो। उनलाई सौरभ दुबेले बोल्ड गरेका थिए।

दोस्रो विकेटका लागि शरद र कुशल भुर्तेलले १ सय ४ बलमा ५४ रनको साझेदारी गर्दै नेपाललाई अघि बढाएका थिए। एसीसी इमर्जिङ कपमा आयोजक बंगलादेशसँगै नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, हङकङ, ओमान, श्रीलंका र यूएईले सहभागिता जनाएका छन्।

टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानको यू–२३ टोलीको सहभागिता रहेको छ भने त्यसबाहेकका देशको सिनियर टोलीले भाग लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .