समाज


१२ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

१२ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा  शिक्षक पक्राउ

नेपालखबर
कात्तिक २७, २०७६ बुधबार ६:५४,

माडी नगरपालिका–५स्थित बह्मज्योति आधारभूत निम्नमाध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विकलाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई आफ्नै विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

विकले बालिकालाई आर्थिक प्रलोभन देखाई विगत दुई वर्षदेखि करणी गर्दै आएको प्रहरीले जनाएको छ। घर जाने क्रममा छात्रालाई जबर्जस्ती करणी गरेको आरोप लागेपछि विकलाई माडीस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय माडीका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जिल्ला प्रहरी कार्यालयमा बुझाएको जानकारी दिए।

उनलाई चितवन जिल्ला अदालतमा जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा दायर गर्न पाँच दिनको समय माग गरी अनुसन्धान थालिएको बोइरालले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad