भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई बर्खास्त गर्न मागसहित नेकपा एमालेनिकट युवा संघ नेपालले मधेश प्रदेशका विभिन्न जिल्लामा प्रदर्शन गरेको छ।
रौतहटको गौरमा दोस्रो नरसंहार मच्चाउने सार्वजनिक अभिव्यक्ति दिएकी जनता समाजवादी पार्टीकी कार्यकारिणी सदस्य यादवको चर्को आलोचना भइरहेका बेला पदबाट हटाउन मागसहित युवा संघ सडकमा निस्किएको हो।
युवा संघले आइतवार मधेश प्रदेशको राजधानी जनकपुर, रौतहटको गौरसहितका जिल्लामा प्रदर्शन गरेको हो।
युवा संघले जनकपुरधाममा आयोजित विरोध प्रदर्शनका क्रममा मन्त्री यादवको पुत्ला पनि जलाएका छन् ।
त्यसक्रममा युवा संघका कार्यकर्ताले मन्त्री यादवको पुत्ला जलाएका थिए। त्यस्तै जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवको विरुद्धमा नाराबाजी पनि गरिएको छ।
रौतहटको गौरमा समाजवादी युवा संघको कार्यक्रमलाई केही दिनअघि सम्बोधनका क्रममा मन्त्री यादवले दिएको जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतलाई लक्षित गर्दै अर्को नरसंहार मच्चाउने बताएकी थिइन्।
उनको अभिव्यक्तिको विरोध गर्दै सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले पनि शनिबार पुत्ला दहन गरेका छन्।
Shares
प्रतिक्रिया