राजनीति


बंगलादेशका राष्ट्रपतिले आज राष्ट्रपति भण्डारीदेखि देउवासम्मलाई भेट्ने

बंगलादेशका राष्ट्रपतिले आज राष्ट्रपति भण्डारीदेखि देउवासम्मलाई भेट्ने

नेपालखबर
कात्तिक २७, २०७६ बुधबार ३:२०,

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज (बुधबार) काठमाडौँमा उच्चस्तरीय भेटवार्ता गर्दैछन्।

चारदिने सद्भावना भ्रमणको क्रममा मंगलबार दिउँसो काठमाडौँ आइपुगेका हमिदले आज राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष प्रचण्ड, प्रमुख दलका शीर्ष नेतालगायतसँग उच्चस्तीय भेटवार्ता गर्न लागेका हुन्।

राष्ट्रपति भण्डारी र हमिदबीच दिउँसो ४ः३० बजेदेखि ५ः०० बजेसम्म भेटवार्ता तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ। भेट आपसी हितका विषयमा केन्द्रीत हुनेछ।

हमिदको स्वागतमा राष्ट्रपति भण्डारीले आजै साँझ रात्रिभोजकोसमेत आयोजना गरेकी छन्।

रात्रिभोजअघि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा लगायतसँग हमिदले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।

हमिद र ओलीबीच दिउँसो २ बजे बालुवाटारमा भेटवार्ता तय भएको छ।

होटल मेरियट कमल पोखरीमा बिहान ११ः०० बजे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र हमिदबीच भेटवार्ता तय भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए।

त्यसअघि बिहान १०ः५० बजे राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले हमिदसँग भेटवार्ता गर्दैछन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हमिद नेपाल आएका हुन्। 

राष्ट्रपति भण्डारीले मंगलबार त्रिभुवन विमानस्थलमै पुगेर बङ्गलादेशी समकक्षी हमिदलाई स्वागत गरेकी थिइन्।

त्यसक्रममा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी अर्पण गरेको थियो।

भ्रमण टोलीमा राष्ट्रपतिकी श्रीमति, दुई छोरा, दुई सांसद, सैनिक तथा प्रेस सचिव, बंगलादेश सरकारका विदेश सचिव लगायत सहभागी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad