छापा खबर


वामदेव वा नारायणकाजी वरिष्ठ उपप्रधानमन्त्री बन्ने सम्भावना!

वामदेव वा नारायणकाजी वरिष्ठ उपप्रधानमन्त्री बन्ने सम्भावना!

नेपालखबर
कात्तिक २७, २०७६ बुधबार ३:०,

बंगलादेशी राष्ट्रपतिको स्वदेश फिर्तीलगत्तै मन्त्री फेर्ने तयारी छ। पुनर्गठित मन्त्रिपरिषदको स्वरूप कस्तो होला? यसबारे अनेकन कोणबाट चर्चा चल्न थालेको छ।

पुनर्गठनपूर्व सबै मन्त्रीले राजीनामा दिने हो भने उपप्रधानमन्त्री ईश्वर पोखरेल र यही मापदण्डभित्र परेर अर्का उपप्रधानमन्त्री उपेन्द्र यादव पनि हट्ने होला। त्यसो भएपछि नेकपाका महासचिव विष्णु पौडेललाई अर्थसहित उपप्रधानमन्त्री दिने तयारी त हुँदै छैन?

वा वामदेव गौतम/नारायणकाजी श्रेष्ठलाई राष्ट्रियसभामा लगेर गृह र परराष्ट्र मामिला हेर्ने गरी वरिष्ठ उपप्रधानमन्त्री बनाइन पनि सक्छ भनेर आज (बुधबार) को जनआस्था साप्ताहिकले लेखेको छ।

कथम् प्रधानमन्त्री लामो समय उपचारका लागि विदेश बस्नुपर्ने अवस्था आएमा कार्यवाहक प्रधानमन्त्रीबाट पार्टी र सरकार चलाउने हिसाब पो हो कि!

गृहमन्त्री बादल र रक्षामन्त्री ईश्वर पोखरेलले राजीनामा दिने भएपछि सरकार धान्न सक्ने नारायणकाजी र वामदेव संसदबाहिर छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad