राजनीति


मेरो नेतृत्वमा आर्थिक गतिविधि बढ्यो, वृद्धि पनि उच्च हुन्छ : प्रधानमन्त्री

मेरो नेतृत्वमा आर्थिक गतिविधि बढ्यो, वृद्धि पनि उच्च हुन्छ : प्रधानमन्त्री

फाइल तस्बिर


नेपालखबर
माघ ७, २०७८ शुक्रबार १७:१९, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकार आएपछि देशमा तीव्र गतिमा आर्थिक क्रियाकलाप बढेकको जिकिर गरेका छन्। 

शुक्रबार देशबासीका नाममा शुक्रबार अपरान्ह सम्बोधनका क्रममा देउवाले यस्तो बताएका हुन्। 

‘मेरो सरकारको प्राथमिकता कोरोनाविरुद्ध खोपमा सबैको पहुँच पुर्‍याएर आर्थिक क्रियाकलाप बढाउनु थियो', उनले भने, 'आर्थिक क्रियाकलाप बढेसँगै यो पटक गत वर्षकोभन्दा धेरै आर्थिक वृद्धि हुन सक्नेछ।'

सम्बोधनका क्रममा देउवाले कोरोना महामारी शिथिल अर्थतन्त्र उकास्न निजी क्षेत्रसँगको सहकार्य अझै बलियो बनाउने पनि बताए। देउवाले आर्थिक उदारीकण र निजीकरणले मात्रै नेपाल अति कमविकसितबाट विकाशशीलमा रुपान्तरित भएको पनि तर्क गरे। 

देउवाले आर्थिक, सामाजिक, उत्पादनमुलक अर्थतन्त्र आफ्नो प्राथमिकता रहेको पनि जिकिर गरे। 

उनले महंगी नियन्त्रणमा सरकार सफल भएको पनि बताए। आफ्नो ६ महिने कार्यकालमा भ्रष्टाचार नियन्त्रणका सरकारले पर्याप्त काम गरेको उनले सुनाए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad