राजनीति


प्रधानमन्त्रीले भने : अत्यावश्यक वस्तुको अभाव छैन, महँगी नियन्त्रणमा छ

प्रधानमन्त्रीले भने : अत्यावश्यक वस्तुको अभाव छैन, महँगी नियन्त्रणमा छ

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा


नेपालखबर
माघ ७, २०७८ शुक्रबार १६:२६, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा कुनै पनि अत्यावश्यक वस्तुको अभाव नरहेको बताएका छन्। 

शुक्रबार अपरान्ह राष्ट्रका नाममा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

कोभिड संक्रमण बढेसँगै सिटामोलसहितका सामान्य औषधिको पनि हाहाकार भइरहेका बेला देउवाले आर्थिक तथा सामाजिक क्रियाकलाप जारी राख्ने गरी सरकारले काम गरिरहेको पनि बताएका छन्। 

'मैले सरकारको नेतृत्व गरेपछि आर्थिक समाजिक रुपान्तरणमा जोड दिएको छु। उत्पादनमुखी अर्थतन्त्रलाई जोड दिएको छु', उनले भनेका छन्, 'आपूर्ति व्यवस्था सुधार गरि महँगी नियन्त्रणमा गरेको छु। भ्रष्टाचार नियन्त्रणमा काम भएका छन्। अत्यावश्यक वस्तुको कुनै अभाव छैन।' 

उनले कोभिड १९ को संक्रमण र तेस्रो लहर नियन्त्रणका लागि तीनै तहका सरकारबीच समन्वय बढाइएको पनि दाबी गरे। 'सकेसम्म जनजीवनमा कम असर गर्ने गरी व्यवस्था मिलाइनेछ', उनले  भने, 'अत्यावश्यक वस्तुको अभाव छैन। धानबालीको क्षतिको राहत दिलाउने काम भएको छ।'

भिडिओ

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad