राजनीति


सहयोग सामग्री लिएर आज अफगानिस्तान जाँदै सरकारी टोली

सहयोग सामग्री लिएर आज अफगानिस्तान जाँदै सरकारी टोली

नेपालखबर
माघ २, २०७८ आइतबार ५:२२, काठमाडौँ

संकटग्रस्त अफगानिस्तानमा नेपालले आज (आइतबार) मानवीय सहायता पठाउँदै छ। 

परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीको नेतृत्वमा सहयोग सामग्री लिएर आज बिहान अफगानिस्तानको राजधानी काबुल जाने भएको हो। 

परराष्ट्रमन्त्री डा. नारायण खड्काले खाना, नाना र औषधि उपचारको संकट बेहारिरहेको अफगानिस्तानका नागरिकलाई मानवीय सहायता सामग्री प्रदान गर्न लागिएको जानकारी दिए। 

दैनिकजसो अफगानिस्तानका नागरिकको चित्कार सुनेपछि आफूले नेपाल सरकारका तर्फबाट मानवीय सहायता उपलब्ध गराउने निर्णय गरेको उनले बताए।

मन्त्री खड्काले काबुल सहायता मिसनबारे जानकारी दिन आइतबार बिहान त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दैछन्। 

नेपालले अन्य मुलुकबाट संकटका समयमा मानवीय सहायता लिने गरेको छ। यदाकदा अन्य मुलुकमा पनि संकटका बेला मानवीय सहायता पठाएको छ। 

परराष्ट्र मन्त्रालयकी प्रवक्ता तथा संयुक्त राष्ट्रसंघ महाशाखा प्रमुख सेवा लम्सालको नेतृत्वमा टोली अफगानिस्तान जानेछ। टोली आइतबार साँझ नै स्वदेश फर्किने मन्त्रालयले जनाएको छ।

नेपाली टोलीले काबुलस्थित संयुक्त राष्ट्रसंघीय वरिष्ठ अधिकारीलाई मानवीय सहायता सामग्री हस्तान्तरण गर्नेछ। 

गत अगस्टमा अफगानिस्तानमा तालिबान सत्तामा आएयता विभिन्न मुलुकले मानवीय सहायता सामग्री पठाइरहेका छन्। एक महिनाअघि भारतले पनि अफगानिस्तानमा राहत सामग्री पठाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad