समाज


आजदेखि यस्ता व्यक्तिलाई कोरोनाविरुद्ध बुस्टर डोज (पत्रसहित)

आजदेखि यस्ता व्यक्तिलाई कोरोनाविरुद्ध बुस्टर डोज (पत्रसहित)

नेपालखबर
माघ २, २०७८ आइतबार ४:५९, काठमाडौँ

आज माघ २ गतेदेखि अग्रपंक्तिमा खटिनेहरूलाई सरकारले कोरोना भाइरसविरुद्ध बुस्टर डोज खोप लगाउँदै छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अग्रपंक्तिमा खटिनेहरूलाई आज माघ २ गते र ६० वर्षभन्दा माथि उमेरका नागरिकलाई माघ १४ गते बुस्टर डोज खोप लगाउन सुरु गर्न लागिएको हो। 

यसका लागि मन्त्रालयले शुक्रबारै सबै प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरूलाई पत्र पठाई निर्देशन दिइसकेको छ। 

पहिला जुन कम्पनीको खोपको पूरा मात्रा लगाएको हो, बुस्टर डोज दिँदा पनि त्यही खोप दिन भनिएको छ। पूर्ण मात्रा खोप लगाएको ६ महिना पूरा भइसकेकालाई मात्र बुस्टर डोज दिइने मन्त्रालयले जनाएको छ।

खोपको पूरा मात्रा लगाइसकेर पनि थप (अतिरिक्त) खोप लगाउनुलाई बुस्टर डोज भनिन्छ। यसो गर्दा कोरोना संक्रमणको जोखिम कम गर्न सकिने विज्ञहरूको भनाइ छ।

हेर्नुहोस् स्वास्थ्य मन्त्रालयको पत्र–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad