नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको भेला सिंहदरबार अगाडिस्थित होटल बसेरामा सुरु भएको छ।
चौधौँ महाधिवेशनमा सभापतिमा पराजित नेता कोइरालाले पार्टीभित्र आफूहरुको भूमिकाबारे रणनीति तय गर्ने भेला बोलाएको हो।
बुधबार बत्तिसपुतलस्थित अनुपम फुडल्याण्डमा डाकिएको बैठकबाट यो भेला आयोजना गर्ने निर्णय कोइराला समूहले गरेको थियो।
यो भेलामा कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, उपसभापतिमा पराजित चन्द्र भण्डारी महामन्त्रीमा पराजित डा. मिनेन्द्र रिजालसहितका नेता सहभागी छन्।
यो भेलामा १४ औँ महाभधिवेशनमा कोइराला समूहबाट चुनाव लडेका अन्य उम्मेद्वारहरु पनि सहभागी छन्।
यो भेलामा डा. कोइरालालाई कांग्रेसको वरिष्ठ नेता घोषणा गर्नुपर्ने माग उठेको छ। भेलामा कोइरालालाई वरिष्ठ नेताकै रुपमा सम्बोधन गरिएको छ।
भेलालाई सम्बोधन गर्दै डा. कोइरालाले महाधिवेशनको समीक्षा, आपसी चिनजान र छलफलका लागि जम्मा हुनुपरेको बताएका छन्।
तेह्रौ महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित रामचन्द्र पौडेललाई वरिष्ठ नेता भनिएको थियो।
Shares
प्रतिक्रिया