ad ad

राजनीति


प्रदेश १ बाट राप्रपाले विष्ट र प्याकुरेललाई अघि सार्‍याे

प्रदेश १ बाट राप्रपाले विष्ट र प्याकुरेललाई अघि सार्‍याे

कृष्ण बहाब
पुस २०, २०७८ मंगलबार १६:२२, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश १ बाट राष्ट्रिय सभामा दुई जनाको मनोनयन गरेको छ। 

राप्रपाको तर्फबाट झापाका अमर विष्टले खुला र रञ्जु प्याकुरेलले महिलातर्फ उम्मेदवारी दर्ता गराएका हुन्। यो सँगै राष्ट्रियसभाको ३ पदको लागि प्रदेश १ बाट ८ जना उमेदवार भएका छन्।

आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि प्रदेश १ बाट एमालेका ३ र गठबन्धनबाट तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्।

जसमा एमालेबाट खुल्लातर्फ मोरङका गुरु बराल, महिलामा झापाकी सुमित्रा भण्डारी र अपांगता भएका वा अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पा उम्मेदवार बनेका छन्।

गठबन्धनबाट कांग्रेसका गोपाल बस्नेत (झापा), महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की जयन्ती राई (भोजपुर) र जनता समाजवादी पार्टीका अपांगता भएका/अल्पसंख्यकतर्फको कोटाबाट हेमराज थुलुङ राईले उम्मेदवारी दर्ता गराएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .