परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले बलमिच्याइँ गरेर सीमा मिच्दै आएको बताएका छन्।
आइतबार दिउँसो सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री ज्ञवाली कालापानी क्षेत्र नेपालको भूमाग भएको बताए।
‘लिपुलेक, कालापानी, लिम्पियाधुरा नेपालको भूमि हो, हामीसँग प्रर्याप्त प्रमाण छन्’, उनले भने, ‘यति हुँदाहुँदै पनि भारतले आफ्नो नक्सामा नेपाली भूमि राख्नु बलमिच्याइँ हो।’ उनले सीमा समस्या सामधान गर्न सरकारले कूटनीतिक कदम चाल्ने बताए।
उनले नेपाल–भारत सीमामा केही विवाद रहे पनि कालापानीको भूभाग आफ्नो नक्सामा राखेर भारतले गल्ती गरेको र त्यो आफूहरुलाई स्वीकार्य नभको बताए। उनले कूटनीतिक तबरबाटै नेपाली भूभाग फिर्ता ल्याएरै छाड्ने प्रतिवद्धता समेत व्यक्त गरे।
अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रन्जित तामाङको नेतृत्वमा गएको विद्यार्थी नेताको टोलीले भारतीय नक्सा सच्याउँन कूटनीतिक तबरबाट दबाब दिन आग्रह गरेका थिए। उनीहरुले प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय बैठक सकरात्मक भएको भन्दै भारतले सीमा मिचेको स्थलमा अनुगमन टोली पठाउने समेत आग्रह गरेका थिए।
यस्तो छ अनेरास्ववियूले परराष्ट्रमन्त्रीलाई बुझाएको ज्ञापनपत्र

Shares

प्रतिक्रिया