ad ad

राजनीति


एकीकृत समाजवादी र जनवादीबीच एकता (तस्बिरहरु)

एकीकृत समाजवादी र जनवादीबीच एकता (तस्बिरहरु)

एकता कार्यक्रममा दुवै दलका नेताहरु। तस्बिर : विक्रम राई/नेपालखबर


विक्रम राई
पुस १३, २०७८ मंगलबार १५:२७, काठमाडौँ

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच मंगलबार एकता भएको छ। 

काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा दुई पार्टीबीच एकता भएको हो।

एमाले फुटाएर समाजवादी बनाएका नेपाल र माओवादी छाडेका देवेन्द्रसिंह महताले खोलेको नेकपा जनवादीबीच एकता गरिएको हो। 

महता २०६२ देखि नै माओवादीबाट बाहिरिएका थिए। माओवादी शान्ति प्रक्रियामा आउनुअघि नै उनी माओवादी छाडेर अलग्गै गतिविधिमा लागेका हुन्। 

राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा महताले आफूसहित अन्य नेतालाई पनि समाजवादीमा ल्याएका छन्। 

उनीसहित मीना गिरी, विनोद थापा, जानुका श्रेष्ठ, हिमालचन्द्र खरेल, साधुराम चौलागाईं, श्यामबहादुर बुढासहितका नेताहरु समाजवादीमा विलय भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .